Loading...
You are here:  Home  >  समाज  >  Current Article

पाथीभराबाट फर्कँदै गरेकाे पिकअप भ्यान दुर्घटना, १२ जना घाइते

२७ चैत,   खबरमञ्च,   at 8:14 AM

By   /  April 10, 2019  /  Comments Off on पाथीभराबाट फर्कँदै गरेकाे पिकअप भ्यान दुर्घटना, १२ जना घाइते

    Print       Email

ताप्लेजुङ – ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल रहेका छन् ।

राति सवा १० बजे भ्यान दुर्घटना हुँदा निजगढ नगरपालिका–६ बारा निवासी मोतिमाया अधिकारी, लक्ष्मिमाया सिग्देल र गोमा थापा गम्भीर घाइते भएको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । दुर्घटनामा घाइते सबै बारा जिल्ला निजगढ नगरपालिकाका रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →