Loading...
You are here:  Home  >  समाज  >  Current Article

पाँच तस्वीरमा हेर्नुहोस् बालाचतुर्दशीमा अर्जुनधारा धाममा भक्तजनको भीड

२० मंसिर,   खबरमञ्च,   at 1:39 PM

By   /  December 6, 2018  /  Comments Off on पाँच तस्वीरमा हेर्नुहोस् बालाचतुर्दशीमा अर्जुनधारा धाममा भक्तजनको भीड

    Print       Email

अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा बिहिबार बालाचतुर्दशीको दिन दिवंगत पितृका नाममा लाखौँ भक्तजनले शतबीज छरेका छन् ।

शतबीज नछरेमा पितृले मोक्ष नपाउने धार्मिक विश्वास छ । त्यसैले बालाचतुर्दशीको दिन बिहानै नुहाएर दिवंगत आत्माको चिरशान्तिको कमना गर्दै शतबीज छर्ने गरिन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा शतबीज अर्थात् धान ,जौ ,तिल, गहुँ ,चना ,मकै ,कागुनो चढाउने गरिन्छ ।

बिहान तीन बजेदेखि नै मानिसहरुको निकै घुँइचो देखिएको थियो । शतबीज छरेर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बालाचतुर्दशी पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →