Loading...
You are here:  Home  >  समाज  >  Current Article

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

१९ मंसिर,   खबरमञ्च,   at 4:29 PM

By   /  December 5, 2018  /  Comments Off on पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

    Print       Email

 

काठमाडौँ । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । भोलि मङ्सिर २० गते दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

त्यस्तै मङ्सिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →