Loading...
You are here:  Home  >  समाज  >  Current Article

पश्चिमी न्यून चापीय वायुको प्रभावले हिमपात र वर्षाको सम्भावना

२९ पुस,   खबरमञ्च,   at 4:35 PM

By   /  January 14, 2020  /  Comments Off on पश्चिमी न्यून चापीय वायुको प्रभावले हिमपात र वर्षाको सम्भावना

    Print       Email

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार अपरान्हबाट नेपालको पश्चिमी भू–भागमा प्रवेश गरेको उक्त प्रणालीको प्रभावले देशको पश्चिमी भू–भागका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले बताए ।

‘सो नयाँ प्रणालीको प्रभाव पश्चिमी क्षेत्रमा आज बेलुकासम्म कायम रहने छ’, मौसमविद् मानन्धरले भने । भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने बताइएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आस्था राउत प्रकरणः प्रहरी जवानलाई पनि जवाफदेही बनाउनु पर्छ

Read More →