Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पशुपतिनगर पुगेर राजदुत पुरीले भने, ‘अध्यागमन कार्यालय खोल्न पहल गर्छु’

पुस ३०,   खबरमञ्च,   at 2:39 PM

By   /  January 14, 2018  /  Comments Off on पशुपतिनगर पुगेर राजदुत पुरीले भने, ‘अध्यागमन कार्यालय खोल्न पहल गर्छु’

    Print       Email

इलाम । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् ।

सूर्योदय नगरपालिकाका जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाए । दवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्ने आश्वासन राजदूत पुरीले दिएका छन् ।

झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम पुगेका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरेका थिए ।

जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बुधबार प्रम ओलीले राष्ट्रपति सीलाई भेट्ने

Read More →