Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

पर्याप्त पार्किङ र उच्चस्तरको होटल ‘टाइमलेस मोमेन्ट्स’ विधिवत सञ्चालनमा

१५ असोज,   खबरमञ्च,   at 7:42 PM

By   /  October 2, 2019  /  Comments Off on पर्याप्त पार्किङ र उच्चस्तरको होटल ‘टाइमलेस मोमेन्ट्स’ विधिवत सञ्चालनमा

    Print       Email

विर्तामोड । झापाको बिर्तामोडमा रहेको होटल टाइमलेस मोमेन्ट्स बुधबारदेखि विधिवत सञ्चालनमा आएको छ। आफ्नो सेवा विस्तार उक्त होटल विधिवत सञ्चालनमा आएको होटलका सञ्चालक जितेन्द्र बस्नेतले जानकारी दिए।

१२ कठ्ठा क्षेत्रफलमा निर्माण भएको होटल बिर्तामोडमा संचालनमा आएका होटलहरुमध्ये पर्याप्त पार्किङको क्षेत्रको कारण पनि धेरैको रोजाईमा पर्ने गरेको छ ।

शान्त वातावरणमा रहेको होटलमा एसी डिलक्स रुम, १२ वटा एसी कोठा, मिनी सुवीमिङ पुल, मिनी कन्फेन्स हल, पहिलो तल्लामा इलामेली रिफ्रेसमेनट, दोस्रो तललामा सयपत्री डाईनिङ रहेको छ भने तेस्रो तल्लामा स्टार सिटी बार, सबैभन्दा माथिल्लो तल्लामा साखेजुङ रुफटप लगायतका सेवाहरु रहेकोे बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संचालक बस्नेतले जानकारी दिए ।

लिफ्ट, २४ घण्टा तातो चिसो पानीको व्यवस्था रहेको टायमलेसमा ३ हजार देखि ५ हजार सम्मका कोठाहरु रहेको छन् ।

नेपाली मौलिक र विदेशी खानाहरु उपलब्ध गराउदै आएको होटलमा हाल २५ जनाले रोजगारी पाएका छन् ।

विवाह ब्रतबन्ध, पार्टी, सेमिनार गर्न फराकिलो ठाउँ रहेको यस होलमा हप्ताको सोमबार, बुधबार र शुक्रबार लाईभ म्यूजिक समेत हुने संचालक बस्नेतले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब बच्चाको टालिएको मलद्वारदेखि फुटेको आन्द्रासम्मको उपचार नेपालमै

Read More →