Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

२८ पुस,   खबरमञ्च,   at 7:06 PM

By   /  January 13, 2020  /  Comments Off on परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड रद्द

    Print       Email

 

एजेन्सी । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलालाई लाहोर हाइकोर्टले गैरकानूनी भनेको छ ।

मुसर्रफलाई देशद्रोही भन्दै मृत्युदण्डको सजाय सुनाउने विशेष अदालतको फैसला गैरकानुनी भन्दै अदालत भंग गरेको हाृे । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि बहस गर्दै यो फैसला सुनाएको हो । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए ।

फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । विशेष अदालतले कानुनी प्रक्रियाहरु पूरा नगरेको र धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने उच्च अदालतको ठहर छ ।

अभियुक्तको अनुपस्थितिमा उसको बहस गर्नु गैरइस्लामी, गैरकानुनी र असम्वैधानिक भएको उच्च अदालतले जनाएको छ । गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

इरानका लागि बेलायती राजदूत रोबर्ट मैकेयर पक्राउ परेर तीन घन्टापछि रिहा

Read More →