Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

परराष्ट्रमन्त्री ज्ञवालीले गरे ‘बोकाको मन’ सार्वजनिक

५ माघ,   खबरमञ्च,   at 8:45 PM

By   /  January 19, 2019  /  Comments Off on परराष्ट्रमन्त्री ज्ञवालीले गरे ‘बोकाको मन’ सार्वजनिक

    Print       Email

काठमाडौँ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ ।

भुँडीपुराण प्रकाशनद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन् ।

सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताउनुभयो । उनले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे ।

‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गरे । रुरु–५ सुन्डाँडा, गुल्मीमा विसं २०३० मा जन्मिएका दृष्टिविहीन साहित्यकार ज्ञवाली गाउँकै विद्यालयमा शिक्षक छन् । उनी कविता, काव्य र निबन्ध लेखनमा पनि सक्रिय छन् ।

ज्ञवालीका यसअघि ‘रक्सी’ (खण्डकाव्य), ‘केही अभिव्यक्तिः केही परिभाषा’, ‘भोकमारी’ सहलेखन र ‘दुर्भाग्य’ (महाकाव्य) प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काँकडभिट्टामा ‘कला साहित्य उत्सव–२०७५’ शुरु

Read More →