Loading...
You are here:  Home  >  समाज  >  Current Article

पथरीशनिश्चरेको लिची डाँडास्थित होटलमा आगलागी हुँदा ११ लाख बराबरको क्षति

२९ साउन,   खबरमञ्च,   at 2:38 PM

By   /  August 14, 2019  /  Comments Off on पथरीशनिश्चरेको लिची डाँडास्थित होटलमा आगलागी हुँदा ११ लाख बराबरको क्षति

    Print       Email

उर्लाबारी । मोरङको पथरीशनिश्चरे नगरपालिका २ लिची डाँडास्थित होटलमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ ।

बुधबार बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटी बेराले बनेको एकतले होटलमा बिधुतको तार सर्ट भइ अचानक आगलागी हुँदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैया समेत जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अब घरेलु कामदारले विदामा घर आएर नेपालीबाटाे हुँदै जान पाउने, पुन: श्रम स्वीकृतिकाे बाटाे खाेलियाे

Read More →