Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नेविसंघ विघटनको संघारमाः आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

२८ पुस,   खबरमञ्च,   at 7:46 AM

By   /  January 12, 2019  /  Comments Off on नेविसंघ विघटनको संघारमाः आठ पदाधिकारीले दिए सामूहिक राजीनामा

    Print       Email

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् ।

संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

७३ हजार कर्मचारीले रोजे समायोजन

Read More →