Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

नेप्से कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ता प्रहरी नियन्त्रणमा

2019/03/26,    at 1:51 PM

By   /  March 26, 2019  /  Comments Off on नेप्से कार्यालय घेराउ गर्न पुगेका लगानीकर्ता प्रहरी नियन्त्रणमा

    Print       Email

काठमाडौं । भद्रकालीमा रहेको नेप्से कार्यालय घेराउ गर्न पुगेका १३ जना शेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार विहान शेयर लगानीकर्ताको दबाब समुह नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिरनै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो ।

शान्तिपुर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै शेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए ।

शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मालवस्तुको आन्तरिक ओसारपसारको अनलाइन निगरानी शुरु

Read More →