Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

नेपाल शिक्षक महासङ्घ आन्दोलित

१६ असोज,   खबरमञ्च,   at 7:32 PM

By   /  October 2, 2018  /  Comments Off on नेपाल शिक्षक महासङ्घ आन्दोलित

    Print       Email

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षक संस्था र सरकारबीच गरिएका विगतका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनु परेको जनाएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष बाबुराम थापाले महासङ्घले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च सङ्घीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेको जानकारी दिए ।

महासङ्घले यही असोज २१ देखि मङ्सिर २१ सम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यसैगरी महासङ्घले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउनसमेत माग गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अख्तियारद्वारा तीन कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Read More →