Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित छैनः ओली

२४ भदौ,   खबरमञ्च,   at 2:46 PM

By   /  September 10, 2019  /  Comments Off on नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित छैनः ओली

    Print       Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतको साझेदारी केही आयोजनामा मात्र सीमित नरहेको बताएका छन् ।

आइतबार भिडियो कन्फरेन्समार्फत मोतिहारी अमलेखगन्ज पाइपलाइनको संयुक्त उद्घाटनपछि प्रधानमन्त्री ओलीले द्विपक्षीय साझेदारीले रेलवे, वाटरवे, जलविद्युत उत्पादन, एकीकृत भन्सार जाँच चौकी, पर्यटन, कृषिलगायतका क्षेत्रमा विस्तार भएको बताए ।

प्रधानमन्त्री ओलीले आफू भारतीय समकक्षी नरेन्द्र मोदीसँग हातमा हात मिलाएर काम गर्न तयार रहेको पनि बताए । उनले विगतका सफल भ्रमणको स्मरण गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्न मोदीलाई निम्तासमेत दिएका छन् ।

केही वर्षयता भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति राम्रो रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणमा गोरखा र नुवाकोटमा गरी भारतीय सहयोगमा ५० हजार घर बनेको जानकारी गराए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →