Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउने छन्ः मन्त्री अधिकारी

२२ कार्तिक,   खबरमञ्च,   at 1:24 PM

By   /  November 8, 2018  /  Comments Off on नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक आउने छन्ः मन्त्री अधिकारी

    Print       Email

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउने उनको दाबी छ ।

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले भने,“नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।”

भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिनेगरि विकासका लहर आउने उनको दाबी छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →