Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

2019/05/27,    at 4:56 PM

By   /  May 27, 2019  /  Comments Off on नेपाल टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’

    Print       Email

काठमाडौँ-नेपाल टेलिकमले कम्पनीले गणतन्त्र दिवस २०७६ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘रिपब्लिक डे अफर २०७६’  अफर सार्वजनिक गरको छ।

टेलिकमले भोलि मंगलबार अर्थात् जेठ १४ गतेबाट लागु हुने गरी अफर योजना ल्याएको हो।

अफर योजना अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’  उपलब्ध गराउने भएको छ।

सो अफर ग्राहकले जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ।

यस  योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ।

सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ।  छुट प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आइफोन ११ सिरिज सार्वजनिक

Read More →