Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने

२२ माघ,   खबरमञ्च,   at 1:19 PM

By   /  February 5, 2019  /  Comments Off on नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने

    Print       Email

काठमाडौ । नेपाल टेलिकमले मंगलबारदेखि प्रिपेड मोबाइल सेवामा पनि रोमिङ कल सुविधा उपलब्ध गराउने भएको छ।

टेलिकमले आफ्नो १५औ वार्षिकोत्सवका अवसर पारेर प्रिपेड मोबाइलमा रहेको व्यालेन्सकै आधारमा यस्तो सुविधा उपलब्ध गराउने भएको हो।

यो सुविधाअनुसार ग्रहकले विदेशमा रहँदा नेपाल टेलिकमको प्रिपेड सिममार्फत भोइस, डेटा तथा एसएमएस सुविधा उपयोग गर्न सक्नेछन्।

टेलिकमले सन् २००१ देखि पोष्टपेड मोबाइलमा यस्तो सुविधा उपलब्ध गराउँदै आएको थियो। सुरुमा ३०हजार रुपैयाँ धरौटी राखेमामात्र प्रयोग गर्न पाइने व्यवस्था रहेको यो सेवामा हाल १० हजार रुपैयाँ धरौटी कायम गरिएको छ।

तर शनिबारदेखि सुभारम्भ गरिएको प्रिपेडको रोमिङ सुविधामा भने यस्तो धरौटी राख्नु नपर्ने व्यवस्था गरिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

टेलिकम प्रधानकार्यालयमा आयोजित वर्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘टेलिकमको सेवालाई सर्वसुलभ र बहुउपयोगी बनाउने नीतिअनुरुप हामीले प्रिपेडमा यस्तो सुविधा थप गरेका हौं।’
 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगरौं : सञ्चारमन्त्री बाँस्कोटा

Read More →