Loading...
You are here:  Home  >  समाज  >  Current Article

‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरू

२७ चैत,    at 7:32 PM

By   /  April 10, 2019  /  Comments Off on ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरू

    Print       Email

काठमाडौं । सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम सुरू गरेको छ। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम सुरू गरिएको जानकारी दिनुभयो

आज संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै गरिबी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्‍याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्ने कामलाई अघि बढाएको उल्लेख गर्नुभयो ।

त्यसैगरी, विभागले सामाजिक गतिविधि तथा महिला, दलित, जनजातिलगायतका समुदायहरूको पनि तथ्यांक संकलनको कामलाई सुरू गरिएको जनाएको छ।

विभागले राष्ट्रिय योजना आयोगको सहयोगमा नेशनल डेटा प्रोफाइल बनाउने कामलाई पनि अन्तिम चरणमा पुर्‍याएको छ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुकको समग्र डाटालाई संकलन गरेर इन्टरनेटमार्फत् जानकारी गराउने उद्देश्यका साथ सो डाटा प्रोफाइल बनाउने काम भइरहेको समितिलाई जानकारी गराउनुभयो ।

केन्द्रीय तथ्यांक विभागले नेपालमा पहिलो पटक आर्थिक गणनाको काम सुरू गरेको छ। रोजगारीको अवसर सृजना गर्न आवश्यक तथ्यांकको लागि आर्थिक गणनाको कामलाई पनि सुरू गरिएको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जितेन्द्र आयोगको सिफारिसमा नागरिकता लिनेका सन्तानलाई नागरिकता नदिन सर्वोच्चको आदेश

Read More →