Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेपाल र भारतबीच आपसी विश्वास र परस्पर हित अझ मजबुत भएको छः मोदी

२४ भदौ,   खबरमञ्च,   at 1:11 PM

By   /  September 10, 2019  /  Comments Off on नेपाल र भारतबीच आपसी विश्वास र परस्पर हित अझ मजबुत भएको छः मोदी

    Print       Email

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने बताएका छन् ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटनपछि भिडियो लिंकमार्फत सम्बोधन गरेका प्रधानमन्त्री मोदीले अपेक्षा गरेभन्दा अगाडि नै काम भएको भन्दै खुशी व्यक्त गरे ।

उनले नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रहेको पनि बताए ।

दुई देशको राजनीतिक नेतृत्व नियमित सम्पर्कमा रहेको र नेपालका प्रधानमन्त्रीसँग आफ्नो चार पटक भेटवार्ता भएको स्मरण गर्दै भने, यसले आपसी विश्वास पक्का भएको छ र परस्पर हितका विषयमा समझदारी अझ मजबुत भएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणका लागि दिएको निम्तो स्वीकार गर्दै उनले छिट्टै आउने बचन पनि दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ गर्दै नाराबाजी

Read More →