Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

नेपथ्य ब्यान्डको प्रस्तुतिबाट २० लाख रुपैयाँ बचत

१० मंसिर,   खबरमञ्च,   at 10:13 AM

By   /  November 26, 2018  /  Comments Off on नेपथ्य ब्यान्डको प्रस्तुतिबाट २० लाख रुपैयाँ बचत

    Print       Email

विर्तामोड । सडक दुर्घटना न्यूनिकरण महाअभियान २०७५ नेपथ्य व्याण्ड मार्फत गरिएको शुभराम्भ कार्यक्रममा २० लाख रुपैयाँ बचत भएको छ।

महाअभियानले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । नेपथ्य व्याण्डबाट विभिन्न प्रायोजकबाट २५ लाख ६१ हजार र टिकट बिक्रीबाट ५१ लाख ८६ हजार आम्दानी गरेको महाअभियानका संयोजक महेन्द्र गिरीले बताए ।

त्यस्तै खर्चतर्फ कार्यक्रम प्रवद्र्धन खर्च एकलाख ५४ हजार, छपाई खर्च ८० हजार २ सय २२, प्रचारप्रसार खर्च एकलाख ५९ लाख ८ सय ९०, नेपथ्य टिम खर्च ४६ लाख ९० हजार ६ सय २, सचिवालय खर्च २ लाख ८१ हजार ३ सय २३ रुपैयाँ भएको संयोजक गिरीले बताए ।

त्यसैगरी मैदान व्यवस्थापन २ लाख ६४ हजार ६ सय ८८, सुरक्षा ५३ हजार ४ सय २९ रुपैयाँ गरी जम्मा ५७ हजार १८ हजार ८ सय ४३ रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमा वितरित आवव्यय विवरणमा उल्लेख छ ।

अभियानबाट २० लाख ६२ हजार  ५ सय ३८ रुपैयाँ बचत भएको विवरणमा उल्लेख छ । आयव्यय सार्वजनिक कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्ण कोइराला, झापा ट्राफिक प्रमुख राजेश राई, मनषा फुड प्रोडक्शन प्रालिका सञ्चालक बुद्धि घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निर्मलाको हत्यारा सार्वजनिक माग गर्दै मुख्यमन्त्रीको पुत्ला जलाइयो, गृहमन्त्रीको राजीनामा माग

Read More →