Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नेकपा एकताः माधव नेपालले नमाने पेलेरै जाने ओली-प्रचण्डको तयारी

४ बैशाख,   खबरमञ्च,   at 7:28 AM

By   /  April 17, 2019  /  Comments Off on नेकपा एकताः माधव नेपालले नमाने पेलेरै जाने ओली-प्रचण्डको तयारी

    Print       Email

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन।

वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो लगाउनुपर्ने सुझाव दिएका छन्।

तर अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन्। यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

अध्यक्ष ओली र दाहालबीच यस विषयमा पटक-पटक छलफल भएको छ । नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी र प्रदेश कमिटी मात्रै गठन भएको छ।

घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीच विवाद छ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटी अझै गठन हुन सकेका छैनन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

खारेज हुन लागेको कम्पनीका पक्षमा सर्वोच्चले किन गर्‍याे रातारात आदेश?

Read More →