Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना

२८ पुस,   खबरमञ्च,   at 4:32 PM

By   /  January 12, 2019  /  Comments Off on नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना

    Print       Email

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।

छातीमा संक्रमण देखिएपछि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीयसचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा संक्रमण भएको उनले बताए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटक–पटक उपचार भइरहेको छ ।

उनको डा. राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने

Read More →