Loading...
You are here:  Home  >  कर्पाेरेट  >  Current Article

निशानको उत्कृष्ट गाडी किक्स झापाको बजारमा

६ फागुन,   खबरमञ्च,   at 7:02 PM

By   /  February 18, 2019  /  Comments Off on निशानको उत्कृष्ट गाडी किक्स झापाको बजारमा

    Print       Email

बिर्तामोड । नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले लामो समयदेखि प्रतिक्षामा रहेको निशानको उत्कृष्ट गाडी किक्स झापाको बजारमा ल्याएको छ । झापामा केशरिचन्द भन्वरलालले उक्त गाडी लन्च गरेको छ ।

भन्वरलालले सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त गाडी सार्वजनिक गरेको हो । गाडीको बिर्तामोड नगर प्रमुख तथा कार्याक्रमका प्रमुख अतिथि ध्रुवकुमारी शिवाकोटीले सार्वजनिक गरेको थिए । सोही कार्यक्रमका विच गाडी खरिदकर्ता जविन गिरीलाई चावी हस्तान्तरण समेत गरिएको थियो ।

किक्सले ग्राहकलाई बिशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीका तिर्थराज अधिकारीले बताए । ‘गाडीको फराकिलो भित्रीभाग र स्टाइलिष्ट बाहिरी भागले ग्राहकलाई आकर्षित गर्नेछ’ अधिकारीले भने ‘ यस गाडीमा अन्य धेरै विशेषता छन् ।’गाडीको मूल्य ४७ लाख ९९ हजारदेखि ५९ लाख ९९ हजार समेत रहेको उनले बताए ।

गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्धारा सञ्चालन गर्न सकिनेछ । एलइड िप्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट, कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने, स्मार्ट कार्ड, चालकका लागि उचाई मिलाउन सकिने, दुईवटा एयर व्याग र इवीडी र विएसहित एवीएस समावेश रहेको कम्पनीले जनाएको छ ।

एसयूभि गाडी डिजेल इन्जिनमा एक्सएल, एक्सभि र एक्सभि प्रमियम गरी तिनप्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभि गरी दुईप्रकारका रहेका छन् । गाडी विभिन्न ७ प्रकारका रंगमा उपलब्ध हुने भन्वरलालका रौनक वंशलले बताए ।

भान्वरलालका निर्देशक केशव वंशलको अध्यक्षमा भएको कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलाई शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विर्तामोडमा खुल्यो ‘वुमनत्रा’, सुनरहित गहना तथा महिलाका सामाग्रीका लागि उत्कृष्ट गन्तव्य

Read More →