Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

निर्मला प्रकरणका दोषीहरु छिट्टै कानुनको कठघरामा आउनेछन्ः गृहमन्त्री थापा

२२ कार्तिक,   खबरमञ्च,   at 2:46 PM

By   /  November 8, 2018  /  Comments Off on निर्मला प्रकरणका दोषीहरु छिट्टै कानुनको कठघरामा आउनेछन्ः गृहमन्त्री थापा

    Print       Email

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरिरहेको बताउँदै आगामी दिनमा अझै कठोरताका साथ सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भने,‘भ्रष्टहरुलाई कारबाही गर्ने र जेल हाल्ने प्रक्रिया चलिरहेकै छ । देशबाट भ्रष्टाचार, तस्करी र बेथितिहरु ती अपराधहरुलाई निर्मुल गर्ने, नियन्त्रण गर्ने अभियान चलिरहेको छ । भ्रष्टाचारीहरुलाई जेल हाल्ने प्रक्रियापनि चलिरहेको छ । निश्चयपनि यो अलिक मन्द छ । अब आउने दिनहरुमा त्यो प्रक्रियाहरुलाई अझै तिव्र पार्नेछौं । अझै व्यापक बनाउनेछौं ।’

मुलुकमा सुशासन कायम गर्न र जनताको जनधन दुवैको सुरक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेकोले उल्लेख गर्दै सरकारले सोही अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको मन्त्री थापाको भनाई छ । उनले भने,‘हामी त्यो काममा दृढतापूर्वक लागिरहेका छौं । म सम्पूर्ण लगानीकर्ताहरुलाई देशलाई समृद्ध गर्नमा उहाँहरुको भूमिका अझै वृद्धि होस् । र, उहाँहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो र हामी सुरक्षाको प्रत्याभुति गर्छौं भनेर भरोशा दिलाउन चाहन्छु ।’

सडक दुर्घटनाहरु दिनदिनै बढिरहेकोप्रति दुःख व्यक्त मन्त्री थापाले भने,‘यो दुर्घट्ना हुनुको पछाडि ठेक्कासम्बन्धी र यातायातसम्बन्धी नीतिमा कहीँ खोट छ की, सडक निर्माण गर्न दिईरहेको बेला कहीँ कतै त्रुटिहरु भएका छन् । अब त्यसलाई हामीले सच्याउन जरुरी छ । सडकहरुको अवस्थाबारे निर्माण व्यवसायीहरुको पनि धेरै हदसम्म जिम्मेवारी छ । नीतिगत रुपमा अब सच्याउनुपर्छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →