Loading...
You are here:  Home  >  समाज  >  Current Article

निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगत

२५ पुस,   खबरमञ्च,   at 9:28 PM

By   /  January 9, 2019  /  Comments Off on निर्मलाकी आमाले दिइन् डीएनए परीक्षण गराउन रगत

    Print       Email

कन्चनपुर । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफ्नो डीएनए परीक्षण गराउन रगतको नमुना दिएकी छन् ।

निर्मलाको ‘भजाइनल स्वाब’को डीएनए वास्तविक भए/नभएको पुष्टि गर्न आफूले डीएनए परीक्षण गराउन लागेको उनले बताइन् ।

बुधबार रगतको नमुना परीक्षण गराउन महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गराएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

निर्मलाको हत्या भएको ६ महिना बितिसके पनि अझै वास्तविक दोषी पत्ता लाग्न सकेको छैन ।

अनुसन्धानकाक्रममा प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टलगायत शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →