Loading...
You are here:  Home  >  सूचना/प्रविधि  >  Current Article

नास्टले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने

२० फागुन,   खबरमञ्च,   at 6:01 PM

By   /  March 4, 2019  /  Comments Off on नास्टले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने

    Print       Email

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।

जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलोपटक निर्माण गरेको ‘नेपालीस्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गरिन लागिएको हो ।

यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी भनेपनि गते निश्चित गरिएको थिएन ।

‘करिब ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ’–नास्टका उपकुलपति सानोबाबु श्रेष्ठले भने–‘त्यसका लागि नास्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ ।’

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्यांक संकलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्नेछ ।

सो भूउपग्रहको माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजिक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पत्रकारका लागि झन कडा कानून ल्याउँदै सरकार, १ कराेड जरिवानादेखि पन्ध्र वर्ष कैदसम्म

Read More →