Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

नागरिकताका विषयमा गठित उपसमितिको संयोजकमा विजय सुब्बा

८ चैत,    at 3:05 PM

By   /  March 22, 2019  /  Comments Off on नागरिकताका विषयमा गठित उपसमितिको संयोजकमा विजय सुब्बा

    Print       Email

 

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा अंगीकृत नागरिकता दिने विषयमा सुझाव दिन गठित उपसमितिको संयोजकमा विजय सुब्बा चयन भएका भएका छन्।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा भएको अंगिकृत नागरिकता प्राप्तिको विधि टुंग्याउन छलफलको उपसमिति गठन गरेको थियो ।

उपसमितिमा नेकपाबाट विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, लक्ष्मी चौधरी, कांग्रेसबाट देवेन्द्रराज कँडेल, मीना पाण्डे, संघीय समाजवादी फोरमबाट रामसहाय प्रसाद यादव, राजपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल छन्।

विशेषगरी अंगीकृतका विषयमा समिति सदस्यहरुबीच कुरा नमिल्ने देखिएपछि समितिले राष्ट्रिय सहमतिको खोजी गरि निकास दिने उदेश्यले उपसमिति गठन गरेको समिति सभापति शशी श्रेष्ठले बताएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कसरी टुंगियो नेकपाको एकता प्रक्रिया ?

Read More →