Loading...
You are here:  Home  >  समाज  >  Current Article

नवजात शिशुको संरक्षण प्रदान, एसओएस बालग्राम इटहरीलाई जिम्मा लगाइयो

२० कात्तिक,   खबरमञ्च,   at 6:53 PM

By   /  November 6, 2018  /  Comments Off on नवजात शिशुको संरक्षण प्रदान, एसओएस बालग्राम इटहरीलाई जिम्मा लगाइयो

    Print       Email

भद्रपुर । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ ।

जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एसओएस बालग्राम इटहरीलाई सामाजिक सुरक्षा सहितको जिम्मेवारीका साथ शिशुलाई जिम्मा लगाएको हो । माइती घर दमक बताउने संगिता दर्जीले २०७५ साल असोज १९ गते जन्म दिएकी छोरी खुशीका पिता प्रेम कार्की वेपत्ता भई हिडेको र आमा संगिता पनि मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहने गरेकाले नवजात शिशु विर्तामोड–५ मा वेवारिसे अवस्थामा पाइकोले प्रहरीले निज बच्चाको उद्धार गरी मेची अञ्चल अस्पतालमा सुरक्षार्थ राखेको थियो ।

बैठकको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार बच्चा एसओएस बालग्राम इटहरीलाई पत्रसहित जिम्मा लगाएको सहायक प्रजिअ कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो । एसओएस बालग्रामका निर्देशक देवचरण चौधरी र प्रिन्सिपल शान्तिराम तिम्सिनासहितको टोलीलाई प्रहरीको उपस्थितिमा अञ्चल अस्पतालबाट नवजात शिशुलाई जिम्मा लगाइएको थियो । निज बच्चा खुशीको भद्रपुर वडा नम्बर ८ को वडा कार्यालयबाट जन्मदर्तासमेत गरी पठाइएको सहायक प्रजिअ पौडेलले बताउनु भयो ।

बैठकमा सहायक प्रजिअ पौडेल, झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकाल, जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराईलगायतका कार्यालय प्रमुख तथा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रक्सी पिएर यात्रुबस चलाउने चालक पक्राउ

Read More →