Loading...
You are here:  Home  >  समाज  >  Current Article

नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला

१७ पुस,   खबरमञ्च,   at 7:28 PM

By   /  January 1, 2019  /  Comments Off on नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला

    Print       Email

विर्तामोड । झापाको बुद्धशान्ती–४ अमर बस्तीमा एक नवजात शिशुको शव जमिनमा गाडेको अवस्थामा फेला परेको छ ।

मंगलबार स्थानीयवासी शंकर रेग्मीको सुपारीबारीमा गाडेको अवस्थामा नवजात शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बिहान घाँस काट्न गएका स्थानीयवासीले गाडेको अवस्थामा शिशुको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव गाडेको नजिकै रगत समेत देखिएकाले अवैध गर्भ राखेर नवजात शिशु फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टिकाबहादुर कार्कीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →