Loading...
You are here:  Home  >  छापामा  >  Current Article

नयाँ मर्यादाक्रममा सेनाको आपत्ति

९ चैत,   खबरमञ्च,   at 7:36 AM

By   /  March 23, 2019  /  Comments Off on नयाँ मर्यादाक्रममा सेनाको आपत्ति

    Print       Email

काठमाडौं  । पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ।

गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले लेखेकाे छ।

प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्।

सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय श्रेणी वा सोसरहको अधिकृतभन्दा तल राखिएको छ। यसले गर्दा विपत् व्यवस्थापन तथा अन्य सहकार्यमा संयुक्त फौज परिचालनमा असहज हुने सेनाको ठहर छ।

सेनाले सरकारसमक्ष मर्यादाक्रममा सेनालाई तल पार्नुको कारण सोधेको छ। सैन्य अनुशासनमा बसेर अध्ययन गरेकालाई पछाडि पार्न नमिल्ने तर्क नेपाली सेनाको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एनसेल सिम बहिष्कार गर्न आह्वान, कर नतिरे आन्दोलन गर्ने चेतावनी

Read More →