Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

नयाँ प्रधानमन्त्री छान्न इजरायली संसदलाई राष्ट्रपतिकाे निर्देशन

2019/11/22,   खबरमञ्च,   at 5:20 PM

By   /  November 22, 2019  /  Comments Off on नयाँ प्रधानमन्त्री छान्न इजरायली संसदलाई राष्ट्रपतिकाे निर्देशन

    Print       Email

एजेन्सी । नयाँ प्रधानमन्त्री चयन गर्न इजरायली संसदलाई यहाँका राष्ट्रपति रेउभेन रिभलिनले बिहीबार निर्देशन दिएका छन् ।

इजरायलमा करिब दुई महिना पहिले (सेप्टेम्बर १७) मा भएको निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक प्रष्ट बहुमत ल्याउन सकेकाे थिएन ।

संयुक्त सरकार गठनका लागि अन्तरिम प्रधानमन्त्रीका रूपमा रहेका बेन्जामिन नेतन्याहु र उनका प्रतिस्पर्धी बेनी गान्जका प्रयासहरू सफल हुन नसकिरहेका समय राष्ट्रपतिले संसदलाइ निर्देशन दिएका हुन् ।

राष्ट्रपतिले संसदबाट नयाँ प्रधानमन्त्री छान्नका लागि बिहीबारदेखि २१ दिनको समयसीमा तोकेका हुन्। संसदीय निर्वाचनमा २५.९५ प्रतिशत मत अर्थात् ३३ सदस्य निर्वाचित भएको इजरायली ब्लु एण्ड ह्वाइट पार्टीका नेता गान्जले गठबन्धन सरकारका लागी आफ्नो प्रयास सफल नभएको बताएको एक दिनपछि राष्ट्रपतिको यो निर्देशन आएको हो ।

निर्वाचनमा २५.१० मतसहित दोस्रो ठूलो दल लिकुड पार्टीका नेता तथा प्रधानमन्त्री नेतन्याहुको संसदमा ३२ सदस्य रहेका छन् । जम्मा १२० सीट भएको इजरायली संसदमा सरकार गठनका लागि बहुमत पुग्न जम्मा ६१ मतको आवश्यक पर्छ । जसका लागि उनीहरू दुबैले कम्तीमा अन्य तीन दललाई विश्वासमा लिनुपर्ने हुन्छ । एएफपी/रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा प्रहरी ‘इन्काउन्टर’मा बलात्कार घटनाका चार सन्दिग्ध व्यक्तिहरुको मृत्यु

Read More →