Loading...
You are here:  Home  >  विश्व विचित्र  >  Current Article

धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

साउन १५,   खबरमञ्च,   at 6:16 PM

By   /  July 31, 2018  /  Comments Off on धोनी पत्नी साक्षीकाे कपडालाई लिएर किन भयाे हंगामा ?

    Print       Email

काठमाडौं । पूर्व भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी सिंह अहिले चर्चामा छिन् ।

दुई दिनअघि साक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोस्ट गरिन् । पोस्टले दुई लाखभन्दा बढी लाइक पाइसकेको छ ।

तर यो तस्वीरका कारण उनले आलोचना पनि बेहोर्नुपरेको छ ।

उनले छालाको रंग भएको ब्लाउज लगाएकी छन् र धेरै मानिसलाई यो चित्त बुझेन । यसलाई मानिसले अर्धनग्न तस्वीरका रुपमा बुझेका छन् ।

भारतीय परम्पराअनुरूप यो लुगा नभएको भनी उनको आलोचना भयो । तर केही अन्यले यो साक्षीको निजी छनोटको विषय भएकाले अरूले मतलब गर्नु नहुने भनी उनको बचाउ गरे ।

केही ट्रोलहरूले पोस्टबाट आफ्ना कमेन्ट डिलिट पनि गरेका छन् ।

साक्षीले चाहिँ कमेन्टको मतलब नगरिकन त्यही लुगा लगाएका थुप्रै तस्वीर पोस्ट गरेकी छन् । बीबीसी हिन्दीबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एउटा यस्ताे रेष्टुरेन्ट, जहाँ नग्न युवतीको शरीरमा खानेकुरा पस्किने गरिन्छ

Read More →