Loading...
You are here:  Home  >  समाज  >  Current Article

धुलो खाएका झापा बिर्तामोडका व्यवसायीद्वारा भद्रपुर सडक खण्डमा बिरोध प्रदर्शन

२० कात्तिक,   खबरमञ्च,   at 12:52 PM

By   /  November 6, 2019  /  Comments Off on धुलो खाएका झापा बिर्तामोडका व्यवसायीद्वारा भद्रपुर सडक खण्डमा बिरोध प्रदर्शन

    Print       Email

विर्तामोड । लामो समय धुलो खाएका झापा बिर्तामोडका व्यवसायीले भद्रपुर सडक खण्डमा बिरोध प्रदर्शन गरेका छन्।

उधोग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा बिर्तामोड–भद्रपुर सडक खण्डमा अवरोधसहित चक्काजाम गरिएको हो।

झापाको सदरमुकाम भद्रपुर जाने मूल सडक निर्माणाधीन अवस्थामा रहँदा विर्तामोडबासी बर्षौंसम्म सडकको धुलो खान बाध्य छन्।

सडक निर्माणको काममा ढिलासुस्ती भएको, कैयौं सवारी साधनका पार्ट पुर्जा सडकको अवस्थाका कारण बिग्रिएको र आवत जावत गर्ने मानिसले दैनिक धुलो खानु परेको भन्दै विर्तामोड उद्योग वाणिज्य संघ विरोधमा उत्रिएको हो।

विरोधमा उत्रेका उद्योगी व्यवसायी तथा सर्वसाधारणले बुधबार बिहान ११ बजेदेखि १ घन्टा सडक अवरुद्ध गरेका छन्।

विरोध सभामा बोल्दै विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्कीले समयमा काम सक्न र गुणस्तरीय काम गर्न ठेकेदार तथा सडक डिभिजन कार्यालय दमकलाई चेतावनी दिए।

उनले भने, ‘यहाँ काम गर्ने मानिस कति छन्? किन बन्दैन समयमा सडक? यो लापरवाही बन्द गरेर समयमा काम गरियोस्।’

उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले सरकार तथा ठेकेदारको लापरवाहीले जनताले दुःख पाएको भन्दै तुरुन्त सडक निर्माणको काम सक्नुपर्ने बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडाैंमा सुरु

Read More →