Loading...
You are here:  Home  >  छापामा  >  Current Article

धानको मूल्यमा व्यापारीको सिन्डिकेट, किसान मर्कामा

२९ कात्तिक,   खबरमञ्च,   at 9:43 AM

By   /  November 15, 2019  /  Comments Off on धानको मूल्यमा व्यापारीको सिन्डिकेट, किसान मर्कामा

    Print       Email

काठमाडौं। सरकारले कात्तिक पहिलो साता धानको समर्थन मूल्य तोक्यो। तर, व्यापारीले त्यो भाउ नलाउँदा किसान सस्तोमै धान बेच्न बाध्य छन्।

सोचेजस्तो आम्दानी नहुने भएपछि मोरङ बूढीगंगा गाउँपालिकाका दिनेश यादव निराश छन्। उनले दुई बिघाको धान बिक्री गर्न ठिक्क पारेका छन्।

यस्तै समस्यामा छन्, झापाको झापा गाउँपालिका–५ का गुनेश्वर मण्डल। समर्थन मूल्य ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ भनेजस्तो भएको उनी सुनाउँछन्।

‘सरकारले समर्थन मूल्य तोकेर के गर्नु? हामीले कहिल्यै उचित भाउ पाएनौं’, उनी भन्छन्, ‘व्यापारीले जति भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ।’

उनी अढाई बिघामा २ सय ५० मन धान फलाउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विराटनगरबाट रवीन भट्टराईले लेखेका छन्।

प्रदेश १ का झापा, मोरङ र सुनसरीका किसान ‘भुसको भाउ’ मा धान बेच्नुपरेको गुनासो गर्छन्। व्यापारी र बिचौलियाले तोकेको मूल्यमा नबेचे किसानको धान बिक्दैन।

उनीहरूले गाउँगाउँमा ‘सिन्डकेटै’ लगाएको गुनासो गर्छन्, किसान। एक व्यापारी पुगेको गाउँमा अरू नजाने भएकाले बाध्य भएर उनीहरूले तोकेको भाउमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बूढीगंगाका यादव बताउँछन्।

‘हामी सोझै मिलसम्म पुग्ने अवस्था छैन’, उनी भन्छन्, ‘व्यापारीले जति भन्यो त्यतिमा धान बिक्री गर्नुपर्छ। नत्र वर्षभरि धानै बिक्री हुँदैन।’

प्रदेश १ का तीन जिल्लाका किसानले दुई बालीसम्म धानखेती गर्छन्। तर, न उनीहरूले चैते धानको उचित मूल्य पाउँछन् न त बर्खेकै। किसानका अनुसार बर्खे रोप्नुपर्ने भएकाले चैते उत्पादन थन्क्याउन ठाउँ अभाव हुन्छ।

पानी परे भिज्छ। यसको फाइदा बिचौलिया र व्यापारीले उठाउने गरेका छन्। बर्खे धान आफूहरूले नउठाए कसैले उठाउँदैन भन्दै किसानलाई थर्काएर पनि सस्तोमा खरिद गर्ने गरेको झापा गाउँपालिकाका रामशरण यादव बताउँछन्।

खेत र घर–घरसम्म व्यापारीभन्दा पनि बिचौलिया बढी पुग्ने गरेको उनको दाबी छ। ‘व्यापारीले सरकारले तोकेभन्दा केही घटाउलान् तर बिचौलियाले त आधा घटाएर मूल्य तोक्छन्’, उनी भन्छन्, ‘कौडीको भाउमा धान बिक्री गर्नुपर्ने बाध्यता छ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अधिकृतको कमाइ साढे १० करोड! परे अख्तियारको फन्दामा

Read More →