Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

२० कार्तिक,   खबरमञ्च,   at 8:15 AM

By   /  November 6, 2018  /  Comments Off on धनतेरसमा सुन ४० किलो, चाँदी ५०० किलो बिक्री

    Print       Email

काठमाण्डाैं । यो वर्षको धनत्रयोदशीका दिन झण्डै ४० किलो सुन र पाँचसय ५० किलो चाँदीको व्यापार भएको छ । धनत्रयोदशीलाई सुन तथा चाँदीका सामान किन्ने दिन मानिन्छ ।

यो दिन सुन तथा चाँदीको व्यापार अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षभन्दा कम भएको छ ।

अचेल सामान्य दिनमा सुन २५ किलो हाराहारी बिक्री भइरहेको छ । चाँदी दुई सय ५० किलोसम्म व्यापार भइरहेको छ ।

धनत्रयोदशीमा अरु दिनभन्दा दोब्बर भए पनि गत वर्षको तुलनामा कम नै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । विगतमा यस दिन ५० किलोसम्म सुन बिक्री हुने गर्थ्यो । –नागरिक दैनिकबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्व बै‌ंकसँग १८ अर्बको सम्झौता

Read More →