Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

देशमा घात र प्रतिघातको कालो बादल मडारिएको छ: पूर्वराजा

२३ पुस,   खबरमञ्च,   at 6:07 PM

By   /  January 10, 2019  /  Comments Off on देशमा घात र प्रतिघातको कालो बादल मडारिएको छ: पूर्वराजा

    Print       Email

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यतिबेला देशमा घात र प्रतिघातको कालो बादल मडारिरहेको बताएका छन् ।

केही समययता सक्रिय देखिएका पूर्वराजा ज्ञानेन्द्रले नागरिकका लागि बाद र विचारभन्दा देश ठुलो हुने बताएका छन् ।

‘मातृभूमिको अस्थित्वमा घात र प्रतिघातको कालो बादल मडारिएको छ, एउटा नागरिकका निम्ति देशभन्दा ठुलो अर्काे कुनै बाद वा बिचार हुन सक्दैन’ पृथ्वी जयन्तीका अवसरमा शुभकामना दिँदै पूर्वराजाले भनेका छन् ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षतिपुराउने अनुशासनहिनता र अराजकतालाई प्रोत्सान गर्ने कार्य कुनै बाद वा विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता छ ।

उनले देश यतिबेला सकसपूर्ण र कपटपूर्ण अबस्थाबाट गुज्रिरहेको बताएका छन् । उनले पृथ्वी नारायण शाहका दिब्यउपदेशहरु यतिबेला सान्र्दभिक बन्दै गएको शुभकामनामा चर्चा समेत गरेको छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →