Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

देशभर किन लाग्यो नारा ‘गो ब्याक इन्डिया’?

२१ कात्तिक,   खबरमञ्च,   at 6:35 PM

By   /  November 7, 2019  /  Comments Off on देशभर किन लाग्यो नारा ‘गो ब्याक इन्डिया’?

    Print       Email

झापा । भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

भारतले नेपालको भू-भाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, कांग्रेस सम्बद्ध नेविसंघ र जनमोर्चा निकट अनेरास्ववियु (छैठौं) लगायतका विद्यार्थी संगठनले बिहीबार संयुक्तरुपमा विरोध र्‍याली गरेका हुन्।

‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक इन्डिया’ लेखिएको प्ले कार्डसहित र्‍याली गरेका विद्यार्थी संगठनले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए । राजधानी काठमाडौंमा रहेको भारतीय दूतावास अगाडि पनि विद्यार्थीले प्रदर्शन गरेका छन्।

कोणसभामा बोल्ने वक्ताले भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताए।

सरकारले तत्काल कदम चाल्न पनि उनीहरुले माग राखेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →