Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

१४ कात्तिक,   खबरमञ्च,   at 10:20 AM

By   /  October 31, 2018  /  Comments Off on देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    Print       Email

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य संस्था वा तोकिएको वितरण केन्द्रमा आफूलाई पायक पर्ने समयमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।

यो अभियानका क्रममा बालबालिकाको पोषणका लागि बालभिटा पनि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा १० लाख बढी मानिस मधुमेहबाट पीडित

Read More →