Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

देउवाले स्वीकारे चुनावमा हारकाे कारण कांग्रेसभित्रको झगडा

२२ कार्तिक,   खबरमञ्च,   at 8:15 PM

By   /  November 8, 2018  /  Comments Off on देउवाले स्वीकारे चुनावमा हारकाे कारण कांग्रेसभित्रको झगडा

    Print       Email

 

भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् ।

दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा आज नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदान प्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले भने, “नेपाली कांग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।”

कांग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सि‌ंगाे पार्टीले हार व्यहोनुपरेको उल्लेख गर्दै उनले कांग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली कांग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए ।  सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै कांग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →