Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढ्यो

१९ भदौ,   खबरमञ्च,   at 7:14 PM

By   /  September 5, 2019  /  Comments Off on दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढ्यो

    Print       Email

काठमाडौं । सरकारले दूधको मूल्य एकैपटक लिटरमा ६ रुपैयाँ बढाएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले मन्त्रीस्तरीय निर्णय गर्दै दूधको मूल्य बढाउन स्वीकृति दिएपछि दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

योसँगै अब प्रतिलिटर दूधको मूल्य ७६ रुपैयाँ पर्नेछ भने आधा लिटरको एक प्याकेट दूधको मूल्य ३८ रुपैयाँ पर्नेछ ।

बढाइएको मूल्य आउँदो शनिबारदेखि लागू हुने जनाइएको छ ।

किसान तथा डेरी उद्योगहरुले लागत बढेको भन्दै दूधको मूल्य बढाउन दबाब दिएकाले मूल्य बढाइएको कृषि मन्त्रालयको दाबी छ ।

बढाइएको मूल्यबाट ६९ प्रतिशत किसानले पाउने र बाँकी डेरी उद्योगहरुले पाउनेछन् ।

सरकारले दुई वर्षअघि पनि दूधमा प्रतिलिटर ६ रुपैयाँले नै मूल्य बढाएको थियो ।

दूधको मूल्यवृद्धिको प्रभाव दही, मही, पनिर, आइसक्रिम, मिठाइलगायतका दुग्धजन्य पदार्थहरुमासमेत पर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओली र मोदीले ‘स्वीच’ थिचेर गरे पेट्रोलियम पाइपलाइनको उद्घाटन

Read More →