Loading...
You are here:  Home  >  समाज  >  Current Article

दुर्गादेवी पन्तले डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्कियो

२६ पुस,   खबरमञ्च,   at 3:57 PM

By   /  January 10, 2019  /  Comments Off on दुर्गादेवी पन्तले डिएनए परीक्षणका लागि रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्कियो

    Print       Email

कञ्चनपुर । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको छ ।

आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।

छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् ।

डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गरेको दुर्गादेवि पन्तले बताइन् ।

विवादका क्रममा श्रीमानले आफूमाथी हातपात गरेको उनको भनाई छ ।

छोरीको बलात्कार पछि हत्या भएको ६ महिना वितिसक्दा समेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →