Loading...
You are here:  Home  >  अपराध  >  Current Article

दुधको भाँडामा राखेको ठूलो मात्राको ब्राउन सुगर प्रहरीद्वारा बरामद

१५ पुस,   खबरमञ्च,   at 5:13 PM

By   /  December 30, 2018  /  Comments Off on दुधको भाँडामा राखेको ठूलो मात्राको ब्राउन सुगर प्रहरीद्वारा बरामद

    Print       Email

विर्तामोड । दुध राखेको भाँडाबाट ठूलो मात्रामा लागु पदार्थ ब्राउन सुगर प्रहरीले बरामद गरेको छ। शनिवार मात्र दुई सय ३३ ग्राम ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय सङ्ग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर अधिकारी, उनकी श्रीमती ३८ वर्षीया ओममाया खतिवडा अधिकारी र साली कचनकवल–२ की ३६ वर्षीया रेवतीमाया डाँगीलाई पक्राउ गर्नुका साथै उनीहरुको साथबाट २०२ ग्राम बरामद गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उनीहरुले लागुऔषध बिक्री–वितरण गर्ने गरेको खुलेको प्रहरी प्रमुख ढकालले बताए ।

पक्राउ गरेका अधिकारी दम्पतीले दुध राखेको भाँडा भित्र ब्राउन सुगरको प्याकेट लुकाएको अवस्थामा प्रहरीले फेला पारेको थियो। आइतबार अपरान्ह प्रहरीले पत्रकार सम्मेलन गरि बरामद लागु पदार्थसहित नियन्त्रणमा लिइएका चारै जनालाई सार्वजनिक गरेको छ।

बरामद गरिएको ब्राउन सुगर राजधानी काठमाडौं लगेर बिक्री गर्ने योजनामा उनीहरु रहेको प्रहरीको भनाइ छ।

लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार पच्चीस ग्रामदेखि एकसय ग्राम सम्मको कारोवार गर्नेलाई दश बर्षदेखि पन्ध्र बर्षसम्म कैद र पचहत्तर हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना र एकसय ग्रामदेख माथि जतिसुकै परिमाणको कारोवार गर्नेलाई पन्ध्र बर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि पच्चीस लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

Read More →