Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दीर्घकालीन हित र आवश्यकताका विषयमा चीनसँग छलफल गर्छाैंः प्रधानमन्त्री ओली

२३ असोज,   खबरमञ्च,   at 2:13 PM

By   /  October 10, 2019  /  Comments Off on दीर्घकालीन हित र आवश्यकताका विषयमा चीनसँग छलफल गर्छाैंः प्रधानमन्त्री ओली

    Print       Email

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालवाटारमा छलफल गरेका छन् ।

छलफलमा सरकारको तर्फबाट उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो भने सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका थिए ।

सुझाव ग्रहणपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निमार्णको लगानीको ढाँचाबारेसमेत छलफल गरिने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ ।’

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताए । विदेश तथा छिमेक मामिला सम्बन्धि नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताए ।

‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन ।’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको वताउँदै भ्रमण सफलताको कामना गरे ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली काँगेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतले चिनिया राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सुझाव दिएका थिए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण यही असोज २५ र २६ गते हुँदैछ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →