
दाङ । आज भइरहेको उपनिर्वाचनलाई लक्षित गरी दाङमा पनि बम विस्फोट गराइएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको हो ।
दाङमा क्षेत्र नम्वर ३ ख मा प्रदेशसभा र घोराही वडा नम्बर १६ आज मतदात हुदैछ । निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो ।
बिहान बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङको स्थानीय प्रशासनले जनाएको छ ।