Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

“दसैं आयो, भालिदेखि नयाँ नोट साट्न पाइन्छ”

८ असाेज,   खबरमञ्च डेस्क,   at 5:09 PM

By   /  September 25, 2019  /  Comments Off on “दसैं आयो, भालिदेखि नयाँ नोट साट्न पाइन्छ”

    Print       Email

 

काठमाण्डौ । दसैका लागि नयाँ नोट साट्न उत्साहि हुनुहुन्छ ? हो भने तपाईको प्रतिक्षाको घडि सकिएको छ । किनकी असोज ९ गते अर्थात बिहीबारदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने भएको छ ।

दशैँमा नयाँ नोटको माग उच्च हुने भएकाले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यलयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका बिभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

तर राष्ट्रबैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको हो ।

कहाँ कहाँ छ नोट साट्न पाइने ठाउँ ?

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट साट्न पाइने छ ।

यता राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सांसदद्वारा बुद्ध एयरको काउन्टर तोडफोड, कारवाही नभए उडान ठप्प पार्ने चेतावनी

Read More →