Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

दर्ता खारेजीपछि विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरिएको एक्सपर्टको भनाइ

११ फागुन,   खबरमञ्च,   at 7:16 PM

By   /  February 23, 2019  /  Comments Off on दर्ता खारेजीपछि विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरिएको एक्सपर्टको भनाइ

    Print       Email

काठमाडौं । अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजीपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल क्वालीटी अथोरीटिको हालैको निर्णयबाट उक्त कलेजको दर्ता खारेज भएको थियो । खारेजीपछि नेपाली विद्यार्थीलाई परेको समस्या समाधान गर्न जिम्मेवारीपूर्वक लागेको  एक्सपर्टले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत एक्सपर्टले स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन गरेको डिप्लोमा अफ नर्सिङ र एड्भान्स डिप्लोमा अफ नर्सिङ प्रोग्राममा नेपालस्थित कार्यालयहरुबाट ८ जना र अन्य विषयहरुमासमेत गरी जम्मा १५ जना विद्यार्थी भर्ना भएको विज्ञप्तीमा उल्लेख छ । विद्यार्थी सबै आफ्नो सम्पर्कमा रहेको र सुरक्षित व्यवस्थापनको लागि काम भइरहेको समेत एक्सपर्टले जनाएको छ ।

कलेज खारेजी भइ अलपत्र परेको गुनासो गर्दै सञ्चारमाध्यममा आएका विद्यार्थीहरुलाई धम्की गएको कुरा बाहिरीएको विषयमा समेत एक्सपर्टले उल्लेख गरेको छ । विद्यार्थीको विषयमा उनीहरुसँग र उनीहरुका परिवारसँग गरेको कुराकानीलाई धम्की भन्दै नियोजित प्रचार गरिएको समेत उल्लेख छ । आफ्ना कुनै पनि शाखा तथा कर्मचारीले कुनै विद्यार्थीलाई धम्की नदिएको जनाउँदै आवश्यक परे अडियो संवादसमेत सुनेर छानविन गर्न आग्रह गरेको छ ।

कलेज खारेज भएसँगै अष्ट्रेलियामा एक हजार बढी विद्यार्थीहरु अलपत्र परेका छन् । सोमध्ये १५ जना मात्र आफ्ना विद्यार्थी रहेको एक्सपर्टले जनाएको छ । त्यसमाथि विवादमा तानिएको नर्सिङसम्बन्धि कोर्षमा ८ जना मात्र रहेको स्पष्ट पारेको छ । कलेज खारेज भएपछि समस्यामा परेका सबै विद्यार्थीहरुको समस्यावाट मुक्तगराउनको लागि अष्ट्रेलिया तथा नेपाल सरकार र विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाउने कन्सल्टेन्सीहरु लागिपरेका छन् । खारेजीको विरुद्धमा  परेको कलेजले अपिलसमेत गरिसकेको बताईएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

Read More →