Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

दमकमा औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्ड निर्माण कम्पनीबीच सम्झौता

१७ असोज,   खबरमञ्च,   at 8:20 AM

By   /  October 4, 2019  /  Comments Off on दमकमा औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्ड निर्माण कम्पनीबीच सम्झौता

    Print       Email

विर्तामोड । चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि लगानी बोर्ड निर्माण कम्पनीबीच सम्झौता भएको छ ।

पार्क निर्माणका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच बिहीबार सम्झौता भएको हो ।

निर्माण कम्पनीका तर्फबाट गोविन्द थापा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीबीच सम्झौता भएको हो।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा भएको समझदारीअनुसार ६४ अर्ब लगानीमा पार्क बन्नेछ । पार्कको नाम ‘चाईन-नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ ।

पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम थालिसकेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

सात वटै प्रदेश औद्योगिक पार्क निर्माण गर्ने उद्देश्य अनुसार चिनियाँ लगानीमा सो पार्क निर्माण कार्य सुरु गरिएको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला

Read More →