Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी

२३ पुस,   खबरमञ्च,   at 8:29 PM

By   /  January 7, 2019  /  Comments Off on त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी

    Print       Email

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ ।

आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराए।

उनका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएको छ। परिपत्रमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचितको दुईवर्षे कार्यकाल समाप्त हुने भएकाले पूर्वतयारी गर्न÷गराउन भनिएको छ।

‘‘निर्वाचनमा सबै विद्यार्थी सङ्गठनलाई समेटी देशभरका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्नेछौ,’’ उनले भने, ‘‘निर्वाचनको मिति तोकिसकेपछि र निर्वाचनको कार्यतालिका निकाल्नुभन्दा अघि विद्यार्थी सङ्गठनसँग छलफल गर्नेछौँ।’’ उनले त्रिवि कार्यकारी परिषद्को बैठकले चाँडै नै स्ववियु निर्वाचनको मिति तोक्ने जानकारी गराए।

गत निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन भएको थियो। उनले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यस वर्ष विद्यार्थी सङ्घ–सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताए। गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो।

त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुका (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले स्ववियु निर्वाचन गर्ने त्रिविको तयारीलाई स्वागतयोग्य बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले निर्वाचनको प्रणालीबारे कुनै विवाद नभएकाले आफ्नो सङ्गठनले निर्वाचनमा सहभागिता जनाउने बताए।

अनेरास्ववियुका महासचिव ऐन महरले स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनमा कुनै विवाद नरहेकाले त्रिविलाई निर्धारित मितिमा नै निर्वाचन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

Read More →