Loading...
You are here:  Home  >  अपराध  >  Current Article

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुलेटसहित फ्रान्सेली नागरिक पक्राउ

३० चैत,   रासस,   at 9:43 PM

By   /  April 13, 2019  /  Comments Off on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुलेटसहित फ्रान्सेली नागरिक पक्राउ

    Print       Email

काठमाडौं, चैत ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सट गनमा प्रयोग हुने एक राउन्ड बुलेटसहित शनिबार फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिक ५४ वर्षीय रोगेर इल खौर्यलाई एक राउन्ड लाइभ बुलेटसहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थानकक्षको एक्स–रे मेसिनमा जाँच गर्नेक्रममा उनको झोलाबाट उक्त बुलेट फेलापरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौँको स्वयम्भूमा गोली चल्यो, एकजना घाइते

Read More →