Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

गौरिकाले जितिन् तेस्राे स्वर्ण

२२ मंसिर,   खबरमञ्च,   at 10:07 PM

By   /  December 8, 2019  /  Comments Off on गौरिकाले जितिन् तेस्राे स्वर्ण

    Print       Email

काठमाडौं । जलपरी उपनामले चिनिएकी गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको पौडी विधामा तेस्रो स्वर्ण जितेकी छन् । उनले पौडीको ४ सय मिटर फ्रि स्टाइलमा भारतीय पौडीवाजलाई पराजित गरेकी हुन्।

सातदोबाटोमा सम्पन्न महिला पौडीतर्फको चारसय मिटर फ्रि स्टाइलको दूरी गौरिकाले चार मिनेट २५ दशमलब २० सेकेण्डमा पुरा गरिन् र भारतीय पौडीवाज शिवांगी शर्मालाई पराजित गरिन् ।

शिवांगीले उक्त दूरी चार मिनेट २६ दशमलव २२ सेकेण्डमा पुरा गरेकी थिइन् । उनले रजत पदकमा चित्त बुझाइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई एन्फाको कारबाही

Read More →