Loading...
You are here:  Home  >  छापामा  >  Current Article

तीन नदीमा तटबन्ध बनाइदिन भारत सहमत

२८ पुस,   खबरमञ्च,   at 7:34 AM

By   /  January 12, 2019  /  Comments Off on तीन नदीमा तटबन्ध बनाइदिन भारत सहमत

    Print       Email

काठमाडौं । भारत नेपालको पश्चिम राप्ती, बाँडगंगा र खाँडो नदीमा तटबन्ध निर्माण गरिदिन सहमत भएको छ।

नयाँदिल्लीमा शुक्रबार सम्पन्न नेपाल –भारत सचिवस्तरीय संयुक्त जलस्रोत समिति (जेसीडब्लूआर) को आठौं बैठकमा यस्तो सहमति भएको हो। बैठकमा २ देशबीच करिब आधा दर्जन विषयमा सहमति भएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन्।

बैठकमा जलस्रोतसम्बन्धी द्विपक्षीय आयोजनाहरूको कार्यान्वयनको अवस्थाका विषयमा समेत छलफल भएको बैठकमा सहभागी एक उच्च अधिकारीले जानकारी दिए।

बैठकमा महाकाली सन्धिअन्तर्गत टनकपुर बाँधदेखि नेपालतर्फको नहर संरचनासम्म जोड्ने सहायक नहर, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनालगायत विषयमा छलफल भएको बताइएको छ।

दुई देशबीच महाकाली सन्धि भएको २३ बितिसक्दा पनि त्यसअन्तर्गत निर्माण हुनुपर्ने महाकाली सिँचाइ आयोजना भारतले लिंक नहर समयमा निर्माण नगरिदिँदा अझै सञ्चालनमा आउन सकेको छैन।

भारतले गत भदौमा मात्र उक्त लिंक नहर निर्माणका लागि टेन्डर खोलेको छ साथै लालबकैया, कमला र वाग्मतीको तटबन्ध निर्माणका लागि भएको खर्चमध्ये नेपाललाई भुक्तानी गर्न बाँकी करिब २६ करोड रुपैयाँ दिन पनि भारत तयार भएको छ।

बैठकमा टनकपुर बाँधदेखि नेपालतर्फको महाकाली सिँचाइको तेस्रो चरणअन्तर्गत हेड रेगुलेटर यसअघिको सहमतिअनुसार निर्माण गर्न पनि भारत सहमत भएको बैठकमा सहभागी एक उच्च अधिकारीले बताए।

बैठकमा सिँचाइ विभागद्वारा गठित प्राविधिक समितिको सुझावअनुसार हेड रेगुलेटरको सिल लेभल समुद्री सतहबाट २४४।२५ मिटर राख्न सहमति भएको थियो । नेपालतर्फको महाकाली सिँचाइ आयोजनाको नहर संरचना निर्माण अन्तिम चरणमा छ । महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट एक हजार क्युसेक पानी नेपालले पाउने व्यवस्था गरिएको थियो तर आवश्यक संरचना समयमै पूरा नहुँदा नेपालले टनकपुर बाँधबाट निर्धारित परिमाणको पानी पाउन सकेको छैन।

बैठकमा नेपाली अधिकारीहरूले भारतले सीमामा निर्माण गरेका सडकरतटबन्धलगायत संरचनाका कारण बर्सेनि नेपालको ठूलो भूभाग डुबानमा पर्ने गरेको विषयलाई प्राथमिकतासाथ उठाएका थिए।

यसमा डुबान समस्याको स्थलगत अध्ययन गर्न गठित संयुक्त प्राविधिक समितिले दिएको सुझावलाई कार्यान्वयन गर्न भारतीय पक्षले सहमति जनाएको बैठकमा सहभागी एक उच्च अधिकारीले बताए । सीमावर्ती नदी र खोलामा भारतले निर्माण गरेका तटबन्धका कारण हरेक वर्ष नेपालतर्फको ठूलो भूभाग डुब्दै आएको छ।

लक्ष्मणपुर, महलीसागर, रसियावाल खुर्दलोटनलगायत करिब पाँच दर्जन तटबन्ध र बाँधलगायत संरचनाका कारण भारततर्फ जाने नदी र खोलाको प्राकृतिक निकास अवरुद्ध हुँदा डुबान समस्या सिर्जना हुँदै आएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

होलीका लागि काठमाडौंमा उपत्यकामा तीन हजार प्रहरी परिचालित, जबर्जस्ती गर्ने तुरुन्तै पक्राउ पर्ने

Read More →